१५ बैशाख २०८१, शनिबार

मिलको फित्तामा बेरिएर महिलाको मृत्यु

प्रकाशित मिति :  14 March, 2021 4:47 pm


भोजपूर । मिलको फित्तामा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँ धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !