५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य ७२ हजार नाग्यो ।

प्रकाशित मिति :  24 December, 2019 1:59 pm


काठमाडौं, ८ पुस

सुनको मूल्य साताकै सबैभन्दा धेरै पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको छ । यो साताकै सबैभन्दा बढी मूल्य हो ।

महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ९ सय र तेजावी सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ रुपैयाँ वृद्धि भएर ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !