२३ बैशाख २०८१, आइतबार

ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  5 April, 2021 12:07 pm


काठमाडौं ।नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँ  र तेजाबी सुन ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !