२४ बैशाख २०८१, सोमबार

फेरी सुनको मूल्य प्रतितोला ९० हजार नाघ्यो

प्रकाशित मिति :  18 April, 2021 12:01 pm


काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुनको मूल्य उकालो लागेको छ । आइतबार बजारमा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापवाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज बजारमा चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !