२४ बैशाख २०८१, सोमबार

सुनको मूल्य उकालो लाग्दै, प्रतितोला कतिमा कारोबार हुँदैछ आज ?

प्रकाशित मिति :  19 April, 2021 12:12 pm


काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा छापावाला सुनको मूल्य वृद्धि भएको छ । सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ र तेजाबी सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

साताको पहिलो दिन हिजो छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज पनि चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !