२० बैशाख २०८१, बिहिबार

भ्रमण वर्ष २०२० सफल पार्न बैंककमा पदयात्रा

प्रकाशित मिति :  6 January, 2020 10:58 am


काठमाडाैं, २१ पुस

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न थाइल्याण्डकाे बैंकक सहरमा पदयात्रा गरिएकाे छ । पदयात्रामा सहभागीले नेपाल भ्रमण वर्ष २०२० काे लाेगाे अंकित टिसर्ट लगाइ थाइल्याण्ड र नेपालकाे झण्डा हातमा लिइ बैंकक सहर परिक्रमा गरेका थिए ।

‘वाकाथन फर भिजिट नेपाल इयर २०२०’ नाम दिइएकाे पदयात्रामा थाइ सरकारी पदाधिकारी, गैर अावसीय नेपाली संघका पदाधिकारीहरू, थाइ-नेपाल संघका पदाधिकारी, थाइल्याण्डमा अध्ययनरत विद्यार्थीहरू लगाएतका करिव २ सय ५० जनाकाे सहभागिता रहेकाे थाइल्याण्डस्थित नेपाली दुतावासले जनाएकाे छ ।

बैककाे एमबीके सेन्टरबाट सुरू भएकाे पदयात्रा टाेलीले सेन्ट्रल वर्ड हुँदै बैयाेके स्काइ टावरसम्मकाे करिव अढाइ किलाेमिटर यात्रा गरेकाे थियाे । पदयात्रापश्चात थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकालले पदयात्रा सफल भएकाे र अागामी दिनमा भ्रमण वर्ष २०२० प्रवर्धन गर्न थप सहरहरूमा कार्यक्रम गरिने बताउनु भएकाे दुतावासद्वारा जारी विज्ञप्तिमा जनाएकाे छ ।

फाेटाेः थाइल्याण्डस्थित नेपाली दूतावास 



प्रतिक्रिया दिनुहोस !