२२ बैशाख २०८१, शनिबार

प्रविधि क्षेत्रका नयाँ सहयोगी एआई र रोबोटिक्स

प्रकाशित मिति :  10 January, 2020 10:05 pm


काठमाडाैं, २५ पुस ।

जब जनवरी सुरु हुन्छ, प्रविधि क्षेत्रको चर्चा अलिक बढी नै हुने गर्छ । डिसेम्बर सकिएकाले अघिल्लो वर्ष के कस्ता ग्याजेट वा प्रविधिहरू विश्वभर प्रयोगमा रहे, चर्चामा रहे भन्ने विषय प्रविधि साइटका प्रमुख विषय बन्छन् । अर्को प्रमुख विषय हो अ‍ेमेरिकाको लस भेगसमा हरेक वर्ष हुने सीईएस अर्थात् कन्जुमर इलेक्ट्रिक शो । र, यतिबेला प्रमुख चर्चाको विषय हो सीईएस २०२० ।

अाजकाे काराेबार दैनिककाे प्रविधि पेजमा यससम्बन्धि फिचर प्रकाशित छ ।

सन् २०२० मा विश्वभर कस्ता नयाँ र विकसित प्रविधिहरू आउनेछन् भन्ने ऐनाको रुपमा पनि हेरिन्छ सीईएसलाई । सकेसम्म सीईएसकै कार्यक्रम भित्र पारेर वा कार्यक्रमको अगाडि पछाडि पारेर पनि विश्वका प्रविधि कम्पनीहरूले आफ्ना नयाँ उत्पादनका बारे जानकारी दिने गर्दछन् । यो वर्षको सीईएस जनवरी ७ मा सुरु भइ आज (शुक्रबार) अर्थात् जनवरी १० मा सकिँदैछ । विश्वभरका लाखौं उपभोक्ताले प्रत्यक्ष, अप्रत्यक्ष हेरिरहेको यो वर्षको सीईएसमा पनि केही नयाँ प्राविधिक विकासलाई सार्वजनिक गरिएको छ भने केही पुराना प्रविधिमा अपडेट गरिएका छन् । विशेषगरि सूचना प्रविधिसँग सम्बन्धित नयाँ उत्पादन तथा सेवाहरू सीईएसमा देखिएका छन् भने स्वास्थ्य, शिक्षा, टेलिभिजन, घरेलु उपभोगका सामग्री, यातायात, औद्योगिक विकाससँग सम्बन्धित आधुनिक प्रविधिहरू सीईएसमा सार्वजनिक गरिएका छन् ।

विगतमा जस्तै सीईएसमा सूचना प्रविधि कम्पनीहरूकै चर्चा बढी छ । गुगल, सामसुङ, डेल, लेनेभो, सोनी लगाएतका कम्पनीहरू चर्चाको केन्द्रमा छन् । यी सब चर्चाको केन्द्रीय विषय त विगत देखि नै थिए नै । अबका दिनमा भने हरेक उत्पादनमा आर्टिफेसिएल इन्टिलिजेन्ट (एआई) अनिवार्य छ भन्ने यो वर्षको सीईएस शोबाट पनि देखिन आएको छ । किनकी सीईएसमा सार्वजनिक गरिएका प्रविधिहरू आंसिक वा पूर्ण रुपमा एआइ जडित नै छन् । यससँगै अर्को प्रसंग हो आइओटीको । नयाँ ग्याजेटहरू इन्टरनेट अफ थिंक (आइओटी) को अवधारणा अनुसार हरेक डिभाइस इन्टरनेटमा जोडिनेगरि नै बनाइएका छन् । सयौंको संख्यामा वस्तु तथा सेवाहरू सार्वजनिक गरिएको सीईएसमा ल्याइएका केही प्रतिनिधिमूलक प्रविधिहरूको चर्चा यहाँ गर्न खोजिएको छ ।

गुगलः आइटीमा एआई लिडर
यसो त एआईमा सयौं ठूला कम्पनीहरू अनुसन्धान गरिरहेका छन् । तर, सीईएसमा सार्वजनिक गरिएका ग्याजेट तथा फिचरहरू हेर्दा सूचना प्रविधिको क्षेत्रमा एआइलाई उपभोक्तासम्म पु¥याउने कम्पनीमा गुगल नै अग्रणी देखिएको छ । गुगलले सीईएसमा आफ्नो गुगल एसिस्टेन्टमा ल्याइएको नयाँ अपडेट सार्वजनिक गरेको छ । एन्ड्रोइड डिभाइसहरूमा सहज उपलब्ध गुगल एसिस्टेन्टलाई अब आफूले खोलेको वेबपेज पढ्न लगाउन सकिने भएको छ भने आफूलाई कुनै काम तोकिएको समयमा गर्न लगाउन छ भने समय राखेर गर्न लगाउन सकिने पनि भएको छ । विन्डोजमा जस्तै स्टिकी नोट लेख्न र याद गर्न लगाउन सकिनेछ । अब हेइ गुगल नभनेसम्म कुनै पनि कुरा गुगल एसिस्टेन्टले गर्नेछैन अर्थात् विना अनुमति विना उपभोक्ताको जानकारी रेडर्क गर्ने अधिकार भने एसिस्टेन्टलाई हुने छैन ।

सामसङ बल्लीसमेत एआई रोबोट
विश्वमैे सबैभन्दा बढी स्मार्टफोन निर्माताका रुपमा चिनिने सामसङले यो वर्ष सीईएसको चर्चा बढी बटुल्दैछ । सामसङले सानो भकुण्डो आकारको रोबोट बल्ली सार्वजनिक गरेको छ । एआइ जडित यो रोबोट घरका सबैखाले डिभाइसहरूसँग कनेक्ट गर्न सकिने बल्ली उच्च प्रविधिको सेन्सर जडित छ, जसले मान्छेले जसरी घरको रेखदेख गर्दछ । यसमा जोडिएको क्यामराको सहायताले चारैतिर अवलोकन गरी विश्लेषण गर्ने क्षमता राख्छ । यसका साथै सामसङले नै आर्टिफेसियन ह्युमन सार्वजनिक गरेको छ । स्मार्ट नियोन्स नाम दिइएको यो प्रविधि आफैमा रोबोट नभएर कम्प्युटर अबतारको रुपमा ल्याइएको छ । चार्मिन्स ल्याबले प्रोपोटाइपको रुपमा ल्याएको रोलबोटले मान्छेलाई ट्वाइलेट पेपर दिने काम गर्छ भने कार्गोका लागि प्रयोगमा आउने गार्जिएन एक्ओ रोबोट सुपर स्वीट पनि सीईएसमा सार्वजनिक गरिएको छ । यसका साथै वेटरको काम गर्ने बेलबोट, अटोमेटिक फोटो खिच्ने प्रयोगका लागि ल्याइएको लोभोट, टोयोटकाको भीआर सहयोगी रोबोट, उद्योगमा प्रयोग हुने डिजिट रोबोटदेखि मारक्याट रोबोटिक्ससम्म सार्वजनिक गरिएका छन् ।

स्मार्ट टेलिभिजन र ल्यापटप
टेलिभिजन प्रविधिमा पनि वर्षेनी नयाँ प्रयोगहरू हुन थालेका छन् । यसपालीको सीईएसमा टेलिजिभनका नयाँ र सुधारिएका प्रविधि देखाइएका छन् । स्मार्ट टेलिजिभनमा भ्वाइस कमान्डबाट चलाउन सकिने सुविधा अनिवार्यजस्तो बन्न थालेका छन् भने यस्ता टेलिभिजन पनि इन्टरनेटको सहायताले एआइबाट चल्नेछन् । सामसङले यो वर्षको सीईएसमा नयाँ माइक्रो वाल एलइडी टेलिभिजन सार्वजनिक गरको छ । डिप लर्निंङ र एआइ फिचर रहेको यो टेलिभिजन ८ के डिस्प्लेको छ । एलजीले यो वर्ष फुल एचडी डिस्प्ले रहेको घर, कार र प्लेनसम्म प्रयोग गर्न मिल्ने टेलिभिजन सार्वजनिक गरेको छ । भिजोइनोले सीईएसमा क्यान्टम स्क्रीनको टेलिभिजन सीरिजहरू सार्वजनिक गरेको छ । ल्यापटप र ट्याबहरू सार्वजनिक गर्ने अवसर पनि हो सीईएस । इन्टेलले कोर आइ ९ एच सिरिजको को दशौं जेनेरेसनको ल्यापटप, लेनोभोले फोल्डेवल ल्यापटप र गेमिङका लागि एन्टर्नल ३ जीपीयु बुट स्टेसन सार्वजनिक गरेका छन् । एचपीकोे फोरके डिस्प्ले र फाइभजी कनेक्टिभिटी सहितको ल्यापटप पनि सीईएसमा सार्वजनिक गरिएको छ । सबैखाले ग्याजेटमा आंसिक वा पूर्ण रुपमा एआइ फिचर छन् ।

स्मार्टफोन, अटोमोबाइल र वायरेवल
स्मार्टफोन सार्वजनिक गर्ने अवसरको रुपमा पनि लिइने सीईएसमा पछिल्ला वर्षमा भने स्मार्टफोनहरू कम मात्र सार्वजनिक गर्न थालिएको छ । स्मार्टफोन बजारमा उदयमान ह्वावेले यस पटक अमेरिकामा प्रतिबन्धका कारण सहभागिता जनाएन भने अन्य स्मार्टफोन निर्माताको पनि कम उत्पाहजन सहभागिता छ । वनप्लस भने यो वर्ष चर्चामा छ । वनप्लसले वनप्लस कन्सेप्ट वन सार्वजनिक गरेको छ । भविष्को स्मार्टफोनको सिरिजका रुपमा ल्याइएको यो अवधारणा अनुसार म्याकलरेन्स भर्सनको यो फोनमा क्यामरा नै नदेखिने बनाउन सकिन्छ । सामसुङको एस र नोट सिरिजका लाइट भर्सन फोन सार्वजनिक गरिएको छ । टिसीएलले फाइभजी फोन सार्वजनिक गरेको छ । यसैगरि कार र स्मार्ट वाचमा पनि दर्जनौं नयाँ प्रविधि सीईएसमा सार्वजनिक गरिएको छ । फोसिल, अमेजफिट, काुलप्याड, डिजेल, स्क्याजेट फ्लास्टर, सुन्नटो, स्क्यानवाच लगाएत नयाँ स्मार्ट वाचहरू सार्वजनिक गरिएका छन् । भर्चुअल भिजर, एलेक्सा इन्टिग्रिएसन, बीएमडब्लु जिरो लन्ज सिट लगाएत कार प्रविधिका नयाँ फिचर यो वर्ष देख्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस !