२४ बैशाख २०८१, सोमबार

आइतबार प्रतितोला २ सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  4 July, 2021 1:31 pm


काठमाडौं । साताको पहिलो दिन छापावाला सुनको मूल्य उकालो लागेको छ । आइतबार छापावाला सुन नेपाली बजारमा प्रतितोला २ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय र ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !