३० बैशाख २०८१, आइतबार

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको एक्सनः तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  5 February, 2020 8:06 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । बुधबार आयोगले कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सरकारी जग्गा व्यक्तिको नाममा पारेको यस चचिर्त प्रकरणमा आयोगले गच्छदार, पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, डम्बर श्रेष्ठसहित भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

गच्छदार भौतिक पूर्वाधारमन्त्री रहेका र बस्न्यात उक्त मन्त्रालयमा सचिव रहेका बेला प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको थियो ।

यो मामिलामा अन्य दर्जनौँ पूर्वपदाधिकारी जोडिएका छन् । उनीहरुविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ । यसैबीच गच्छदारको संसद पद स्वतः निलम्बित भएको छ। बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएपछि उनको सांसद पद निलम्बित भएको हो ।
आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको संसद पद स्वतः निलम्बनमा परेको हो। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर भएपछि संसद्को पद स्वतः निलम्बनमा पर्ने उल्लेख गरेको छ।



प्रतिक्रिया दिनुहोस !