१७ बैशाख २०८१, सोमबार

सामुदायिक वनका कारण वनक्षेत्रमा वृद्धि

प्रकाशित मिति :  9 August, 2021 2:49 pm


काठमाडौं । सामुदायिक वनको कारण नेपालको वन क्षेत्रफलमा वृद्धि भएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनाथ कँंडेलले सामुदायिक वन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

सचिव कँडेलले वन नीतिले गर्दा वन क्षेत्रको संरक्षण सामुदायिक वन बनाइ समुदायलाई जिम्मा लगाउँदा वनको विकास भइ वन क्षेत्रफलमा वृद्धि हुन पुगेको उनले बताए ।

काठको आयात घटाएर रोजगारी र आय आर्जनको अवसर सिर्जनामा सामुदायिक वनले अब ठूलो भुमिका खेल्नुपर्ने सचिव कँडेलले अपेक्षा व्यक्त गरे ।

वनको उत्पादन र उत्पादकत्व क्षमता हेरेर काठमा आत्मनिर्भर हुने तर्फ अगाडि बढ्नुपर्ने बताउँदै उनले काठको उत्पादन बढाएर काठमा आत्मनिर्भर हुन सके युवालाई रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्था आउन नसक्ने विश्वास व्यक्त गरे ।

अहिले पहिलाको जस्तो समस्या नभएको भन्दै उनले नीतिगत र कानुनी सुधार भइसकेको अब सामुदायिक वनको नीतिगत कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको बताए । नयाँ मन्त्री आएपछि काम अगाडी बढ्ने विश्वास व्यक्त गर्दै सचिव कँडेलले वनको दिगो व्यवस्थापन, संगठनात्मक सुधार र वन व्यवस्थापनमा सुधार गरी काठको उत्पादन बढाइ निर्यात गर्ने दिशामा काम हुने जनाए ।

अहिले सामुदायिक वन ३९ प्रतिशतबाट बढेर ४४ प्रतिशत पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !