१३ बैशाख २०८१, बिहिबार

‘बालुवाटार जग्गा प्रकरणमा म निर्दोष छु’: माधव नेपाल

प्रकाशित मिति :  7 February, 2020 8:39 pm


काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो गल्ती नभएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले उक्त प्रकरणमा आफू दोषी नरहेको दाबी गरे । उनले गल्ती गरेको भए त्यसको सजाय भोग्न तयार रहेको प्रष्ट पारे । आफूले कुुनै गल्ति नगरेको र निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने उनको भनाइ थियो ।

नेता नेपालले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको दाबी गरे। ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय भएको छैन’, उनले भने, ‘त्यसैले यो विषयमा कतैबाट मुच्छन मिल्दैन। मेरो तर्फबाट गल्ती भएको भए सजाय भोग्न तयार छु।’



प्रतिक्रिया दिनुहोस !