६ बैशाख २०८१, बिहिबार

कुन फलमा चिनीको मात्रा कति हुन्छ ?

प्रकाशित मिति :  20 August, 2021 2:32 pm


काठमाडौं । फलफुलमा पानी, भिटामिन, फाइबर लगायत धेरै प्रकारका पोषक तत्व हुन्छ । फलमा प्राकृतिक चिनी पाइन्छ जुन शरीरको लागि हानिकारक हुँदैन । प्राकृतिक चिनीले शरीरलाई केही पनि नोक्सान हुँदैन ।

तर ब्लड प्रेसर, मधुमेह नियन्त्रण गर्नको लागि चिनीको मात्रा हेरेर फलफुलको सेवन गर्नुपर्दछ । उनीहरुले थाहा पाउनु पर्छ कि कुन फलमा कति चिनीको मात्रा पाइन्छ । चिनीको मात्रा बढी भएको फलफुलको सेवन गर्न बाट उनीहरु बच्नुपर्दछ ।

आउनुस् जानौं कुन फलमा चिनीको मात्रा सबैभन्दा बढी र कुन फलमा कम प्राकृतिक चिनीको मात्रा हुन्छ ।

आँप ः आँप सबैलाई मनपर्ने फल हो । तर प्रति मध्यम आकारको आँपमा ४५ ग्राम चिनी हुन्छ । तौल कम गर्न कोसिस गरिरहेकाहरुले यसको सेवन गर्नबाट बच्नुपर्छ ।

अङ्गुर ः एक कप अङ्गुरमा लगभग २३ ग्राम चिनी हुन्छ । मधुमेह रक्तचापको रोगीले यसको सेवन सिमित मात्रामा गर्नुपर्दछ ।

चेरी ः एककप चेरीमा लगभग १८ ग्राम चिनी हुन्छ । मधुमेहका रोगीले चेरी सिमित मात्रामा प्रयोग गर्नुपर्छ ।

नासपाती ः एउटा मध्यम आकारको नासपातीमा लगभग १७ ग्राम चिनी हुन्छ । यसको सेवन गर्नाले रगतमा चिनीको मात्रा बढ्न सक्छ । तर यसलाई दही वा सलादसँग मिसाएर खान सकिन्छ ।

खर्बुजा ः खर्बुजा गर्मीमा सबैभन्दा धेरै खाने फल हो । यसमा पानीको मात्रा धेरै हुन्छ । यसले शरीरमा पानीको कमी पुरा गर्दछ ।

केरा ः केरा शक्तिबद्र्धक फल हो । एउटा मध्यम आकारको केरामा १४ ग्राम चिनी हुन्छ । यसलाई पिनट बटर वा नास्तासँग केही मात्रा खान सकिन्छ ।

कुन फलमा चिनीको मात्रा कम हुन्छ
अम्बा ः एक मध्यम आकारको अम्बामा ५ ग्राम चिनी र ३ ग्राम फाइबर हुन्छ । अम्बाको बोक्रा नफाली सेवन गर्यो भने यसबाट धेरै फाइबर पाइन्छ ।

एभोकाडो ः एउटा एभोकाडोमा १.३३ ग्राम चिनी हुन्छ । यसलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा चिनीको मात्रा कम हुन्छ भने क्यलोरीको मात्रा धेरै हुन्छ ।

मेवा ः एउटा मध्यम मेवामा लगभग ६ ग्राम चिनी हुन्छ । यसलाई दहीमा मिसाएर खान सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !