१० असार २०८१, आइतबार

कोरोना संक्रमित विरामीका लागि ३६ अस्पतालमा १ सय ४७ बेड तयारी अवस्थामा

प्रकाशित मिति :  10 February, 2020 9:23 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवल कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरुको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेड तयारी अवस्थामा रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सह–प्रवक्ता सागर दाहालले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिए ।

उनले नोवल कोरोना भाइरसको लक्षण फेला परेको पाइएमा सबैभन्दा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताए ।

उनले त्यसपछि उपत्यकामा रहेका ६ वटा हव अस्पताल र अन्य स्याटेलाइट अस्पतालमा व्यवस्था गर्न मंगलबार छलफलका लागि बोलाइएको समेत जानकारी दिए ।

उनले चीनबाट ल्याउने विद्यार्थीहरुका लागि विशेष प्रोटोकल बनाएर सुरक्षित रुपमा राख्न लागिएको समेत बताए । । त्यसका लागि सोमबार इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरुलाई विशेष तालिम दिएको उनले बताए ।

उनले चीनबाट ल्याइएका विद्यार्थीहरुलाई राखिने क्वारेन्टाइनमा खटाइने स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, एम्बुलेन्सका कर्मचारी, एयरपोर्टमा रहने कर्मचारी, जहाजमा रहने कर्मचारी सबैलाई अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिइएको जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यकामा विरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल महाराजगंज, विर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल हब अरुपताल हुन भने टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताल स्याटेलाईट अरुपताल रहेको छ ।



प्रतिक्रिया दिनुहोस !