२५ बैशाख २०८१, मंगलबार

काेराेना विरूद्धकाे लडाइमा राेबाेटकाे प्रयाेग

प्रकाशित मिति :  11 February, 2020 7:23 pm


काठमाडाैं, २८ माघ ।

काेराेना भाइरसकाे विरूद्धकाे लडाइमा विश्व समुदायले भाैतिक तथा नैतिक साथ दिइरहेका छन् । अब भने याे लडाइमा राेबाेटकाे समेत साथ रहने भएकाे  छ। चीनका अनुसन्धानकर्ताले स्वचालित रूपमा काेराेना भाइरस नष्ट गर्ने स्प्रे छर्कने राेबाेटकाे विकास गरेका हुन् ।

चिनीयाँ समाचार संस्था सिन्ह्रवाका अनुसार प्रतिघण्टा ७ किलाेमिटर गतिले हिड्न सक्सने र ४० हजार वर्ग मिटर वरपर स्प्रे छर्कन सक्ने राेबाेटले मंगलबार जियांसु प्रदेशकाे सुझाउमा काम सुरू गरेकाे छ ।

अनुसन्धानकर्ताले यसअघि कृषि फार्मकाे प्रयाेजनकाे लागि विकास गरिएकाे राेबाेटलाइ परिमार्जन गरेर काेराेना विरूद्धकाे लडाइमा प्रयाेग गर्न थालेका हुन् । बस स्टेसन, निर्माण क्षेत्र र बसाेबासकाे क्षेत्रमा यसकाे उपयाेगिता बढी हुने देखिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !