१६ चैत्र २०८०, शुक्रबार

ठाकुर ज्ञवाली नयाँ आईजी नियुक्त

प्रकाशित मिति :  11 February, 2020 8:28 pm


काठमाडौं । डिआईजी ठाकुर ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरिक्षक (आईजी)मा नियुक्त भएक छन् । प्रदेश १ प्रहरी प्रमुख रहेका डिआईजी ज्ञवालीलाई सरकारले मंगलबार आईजीपी नियुक्त गरेको हो । कार्य सम्पादन, मुल्यांकन र ज्येष्ठताका आधारमा एक नम्बरमा रहेका कारण मन्त्रिपरिषद्को बैठकले डिआईजी ज्ञवालीलाई आईजीमा नियुक्त गरेको हो । मंगलबार साँझ नै नवनियुक्त आईजी ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा खनालको विदाई गर्ने कार्यक्रम छ ।

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीले आगामी असारसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् । प्रहरीको ३० बर्षे सेवा अवधिका कारण आईजी सर्वेन्द्र खनालसहित, एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतसहित १८ डिआईजीले मंगलबारबाट सेवा निवृत्त भएका छन् ।

खनालसँगै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका थिए ।



प्रतिक्रिया दिनुहोस !