१२ बैशाख २०८१, बुधबार

नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हरायो

प्रकाशित मिति :  7 September, 2021 6:26 pm


काठमाडौं । नेपालले पहिलो एक दिवसिय खेलमा पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका रोहित कुमार पौडेलले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रन बनाए भने सोमपाल कामी ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । रोहित र सोमपालले ५२ रनको साझेदारी गरेका थिए ।

आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गर्दै सुरुवात गरेका थिए । कुशल भुर्तेललाई १५ रनमा आउट भएका थिए । उनले २८ बलमा २ चौका प्रहार गरे ।

आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल २० बलमा ६ रन बनाएर क्याच आउट भए ।

टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिए ।



प्रतिक्रिया दिनुहोस !