३० बैशाख २०८१, आइतबार

केचअपको सेवन गर्दा हुने बेफाइदाहरु

प्रकाशित मिति :  15 September, 2021 3:49 pm


काठमाडौं । टोमेटो केचअपको सेवन धेरै गर्यो भने शरीरलाई धेरै हानी पुर्याउँछ । यस्ता मान्छे पनि हुन्छन् जो केचअप बिना स्नाक्स, चाउमिन, समोसा पकौडा, चिप्स खाँदैनन् । यस्तो मान्छेले यसबारे ध्यान दिन जरुरी हुन्छ । धेरै केचअप सेवन गर्नाले स्वास्थ्यमा असर गर्दछ ।

टोमेटो केचअप धेरै सेवन गर्दा हुने बेफाइदा

छिटो तौल बढ्ने
यदि तौल कम गर्न चाहानु हुन्छ भने टोमेटो केचअप खान छोड्नु पर्दछ । यसको सेवनले मोटोपन बढ्दछ । यसमा चिनि मिसाएको हुन्छ जसका कारण तौल बढ्ने कारण बन्दछ ।

मृगौलामा समस्या हुनसक्दछ
चाहिने भन्दा धेरै टोमेटो केचअप सेवन गर्यो भने पिसाबमा क्यालसियमको मात्रा बढ्दछ जसको असर मृगौलामा पर्दछ । यसले गर्दा पत्थरीको समस्या हुन्छ । यो सँगै पेटको समस्या पनि हुन सक्दछ ।

एसिडिटीको समस्या
टोमेटो केचअपले एसिडिक बनिरहेको हुन्छ । यसकारण यो एसिडिटी र हार्टबर्नको समस्या बनाउँदछ । यसकारण पनि केचअपको सेवन गर्न कम गर्नु पर्दछ ।

एलर्जीको समस्या
टोमेटो केचअपको धेरै सेवन गर्यो भने शरीरमा एलर्जी हुन सक्दछ । किनभने यसमा हिस्टामाइन केमिकलको मात्रा धेरै हुन्छ । त्यस कारण धेरै मात्रामा टोमेटो केचअपको सेवन गर्नबाट बच्नु पर्दछ ।

 

 



प्रतिक्रिया दिनुहोस !