२१ बैशाख २०८१, शुक्रबार

अमर बन्नको लागि अमेजनका मालिक बेजोसले लगाए लगानी

प्रकाशित मिति :  16 September, 2021 2:06 pm


काठमाडौं । ई–कमर्स कम्पनी अमेजनका मालिक जेफ बेजोसले बुढेसकाल खतम गर्ने अनुसन्धानमा पैसा लगाएका छन् । युनिटी बायोटेक्नोलोजी नामको कम्पनी बढोपन खत्तम गर्ने अनुसन्धान गर्दै छ त्यसमा जेफ बेजोसले पैसा लगाएका हुन् ।

कम्पनी रिभर्स एजिङमा काम गरिरहेको छ । जसले शरीरमा बुढोपन सँगै मानिसको शरीरमा लाग्ने रोगको पनि हटाउँदछ । रिर्पोटका अनुसार बेजोसले युनिटी बायोटेक्नोलोजीमा यस कारण पैसा लगाएका हुन् कि कम्पनीले छिट्टै यस्तो टेक्नोलोजी बनाउन सकोस् जसले बुढेसकालमा कुनै पनि रोगबाट हुने मृत्यु रोकियोस् ।

यो प्रक्रियालाई रिभर्स एजिङ भनिन्छ । बजोसले युनिटी बायोटेक्नोलोजीमा यस कारण पैसा लगाएका हुन् कि रिभर्स एजिङ मार्फत मान्छे अमर बन्न सकुन् ।
यस कम्पनीमा बेजोस लगायत धेरै उद्योगपतिले लगानी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !