२० बैशाख २०८१, बिहिबार

विज्ञापनका कारण अमिताभ बच्चन भए ट्रोल

प्रकाशित मिति :  17 September, 2021 4:04 pm


काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको भर्खरै एउटा वित्रापन आयो । अमिताभले रणवीर सिंहसँग मिलेर पान मसलाको विज्ञापन गरेका छन् । यो विज्ञापनका कारण अमिताभलाई ट्रोलिङको सामना गर्नुपरेको छ । अमिताभले सामाजिक सञ्जालमा जबाफ दिएका छन् ।

उनी सामाजिक सञ्जालमा धेरै सक्रिय छन् । उनले हालसालनै “समय” सँग जोडिएको एउटा पोस्ट गरेका थिए । अमिताभले फेसबुकमा लेखेका थिए, “एउटा घडि किनेर हातमा के बाँधेको थिएँ, समय मेरो पछि लाग्यो ।” यो पोस्टमा एकजना सामाजिक प्रयोगकर्ताले लेखेका छन्, “प्रणाम सर, एउटा कुरा सोध्नु छ तपाईलाई के चाहियो र तपाईलाई कमला पसन्द पान मसलाको विज्ञापन गर्नु पर्यो । तपाई र यि सानामा के फरक भयो ?”

उनले जवाफ फर्काउँदै लेखेका छन्,“मान्यजन क्षमा प्रार्थी छु, कुनै पनि व्यवसायमा यदि कसैको भलाई भइराखेको छ भने यो सोच्न हुँदैन कि हामी किन उ सँग जोडिएको छौं । यदि व्यवसाय हो भने उसमा हामी पनि सोच्नु पर्दछ ।”

“तपाईलाई यो लागि राखेको छ कि मैले यो गर्न हुँदैन थियो । तर यो गरेर मलाई धनराशी मिल्छ तर हाम्रो उद्योगमा धेरै कर्मचारी काम गरिरहेका छन् उनीहरुलाई काम पनि मिल्छ र पैसा पनि । मान्य वर सानो भन्ने शब्द तपाईको मुखमा सुहाउँदैन र न हाम्रो व्यवसायको अन्य कलाकारलाई सुहाउँछ ।”

 



प्रतिक्रिया दिनुहोस !