८ बैशाख २०८१, शनिबार

तीन दिन अन्तरिक्षमा बसेर फर्किए, कति लाग्यो खर्च ?

प्रकाशित मिति :  19 September, 2021 12:44 pm


The Inspiration4 crew of Chris Sembroski, Sian Proctor, Jared Isaacman and Hayley Arceneaux enjoy zero gravity conditions in this picture obtained by Reuters on September 15, 2021. INSPIRATION 4/Handout via REUTERS

काठमाडौं । पहिलो पटक आम नागरिक अन्तरिक्ष पुगेर फर्किएका छन् । अमेरिकी व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले आम नागरिकलाई अन्तरिक्ष पठाएको थियो । यो विश्वकै पहिलो यस्तो स्पेस मिसन हो जसमा आम नागरिकले यात्रा गरेका हुन् । ४ जना अन्तरिक्ष पुगेर फ्िकएका हुन्र ।

उनीहरु तीन दिनको यात्रा गरेर आइतबार प्mलोरिडाको नजिकै सागरमा उत्रिएका हुन् । उनीहरु सबै सुरक्षित छन् । स्पेस एक्सले यो मिसनको नाम “इन्स्पिरेशन ४” दिएको थियो ।

१६ सेप्टेम्बरमा चार यात्री ड्रागन क्याप्सुलमा बसेर अन्तरिक्ष गएका थिए । यी चारै यात्री व्यवसायीक अन्तरिक्ष यात्री नभई आम नागरिक थिए । गैर व्यवसायिक अन्तरिक्ष यात्री पहिलो पटक अन्तरिक्ष यात्रामा गएका हुन् ।

यी अन्तरिक्ष यात्रीहरुले इन्टरनेशनल स्पेस स्टेशन (आईएसएस) बाट १६० किलोमिटर उचाईमा तिन दिन बिताएका हुन् । अन्तरिक्ष यात्रामा जाने यात्री ३८, ५१, २९, ४२ वर्ष उमेरका थिए । यो पुरै यात्राको खर्च जेयर्ड आईज्याकम्यानले उठाएका थिए ।

आईज्याकमान ईकमर्श कम्पनी शिप्mट ४ का पेमेन्ट सिईओ हुन् । यो यात्रामा कति खर्च भयो आधिकारीक तथ्यांक छैन । तर टाइम म्यागेजिनका अनुसार यसको आईज्याकम्यानले २०० मिलियन डलर खर्च गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !