२३ बैशाख २०८१, आइतबार

बुधबार प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  10 November, 2021 1:01 pm


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैया तेजावी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुन ९१ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार सुनको मूल्य बढेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ । विगत तीन दिनयता चाँदीको मूल्यमा घटबढ भएको छैन । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !