१६ चैत्र २०८०, शुक्रबार

रोल्पा जीप दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो

प्रकाशित मिति :  14 November, 2021 1:39 pm


फोटो : बुद्धीमान ओलीको फेसबुकबाट

उमा के.सी.

रोल्पा । रोल्पामा जीप दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

माडी गाउँपालिका वडा नं. २ मा बिहान भएको दुर्घटनामा परि मृत्यु हुनेमा जीप चालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, यात्रु ५३ वर्षीय टेकबहादुर पुन र ४७ वर्षीय चौसरा विक रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतक सबै माडी गाउँपालिका वडा नंम्बर-६ का रहेका सुवेदीको भनाई छ । त्यस्तै घाइते हुनेमा बिना घर्तीमगर,लिला पुर र पञ्चना विक रहेका छन् । मृतक र घाइते सबै माडी गाउँपालिका ६ का रहेका सुवेदीले जानकारी दिए ।

घाइतेलाई थप उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याउन लागिएको सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचार :

रोल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु



प्रतिक्रिया दिनुहोस !