१७ बैशाख २०८१, सोमबार

पश्चिमी वायुको प्रभाव : आज हल्का वर्षा हुने

प्रकाशित मिति :  19 February, 2020 12:05 pm


काठमाडौं , ७ फागुन ।

केही दिनयता लागेको तुवालो पश्चिमी न्यून चापीय वायुको प्रभावले  देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले  पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत  तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।



प्रतिक्रिया दिनुहोस !