२१ बैशाख २०८१, शुक्रबार

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

प्रकाशित मिति :  30 November, 2021 5:42 pm


ऐजेन्सी । चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङवेईले पत्रकार सम्मेलनमा बताएअनुसार चीन भित्र र बाहिर गरी ६० वर्षभन्दा माथिका मानिसहरूलाई हालसम्म चिनियाँ कोभिड १९ खोपको ५० करोड डोज दिइएको छ।

चिनियाँ खोपले वृद्धहरूमा राम्रो प्रतिरोधात्मक क्षमता देखाएको पनि झेङले बताएका छन् । साठी वर्ष भन्दा माथिका मानिसहरूमा खोपको प्रतिकूल प्रभावको दर १८.५९ उमेर समूहमा देखाइएको तुलनामा थोरै कम रहेको अध्ययनले देखाएको छ।



प्रतिक्रिया दिनुहोस !