१९ बैशाख २०८१, बुधबार

कोरियामा ४२ हजार नेपाली श्रमिक काेराेनाकाे जाेखिममा

प्रकाशित मिति :  24 February, 2020 4:08 pm


काठमाडौ, १२ फागुन । 

चीनको वुहानबाट सुरु भएको कोभिड कोरोना भाइरसको सङ्क्रमण दक्षिण कोरियामा समेत फैलिन थालेको छ । यसको त्रास कोरियामा कार्यरत नेपाली श्रमिकमा पर्न थालेको छ ।

कोरियामा हाल ४२ हजार नेपाली श्रमिक रोजगारीमा कार्यरत रहेको रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भइसकेको कोरियाको स्वाथ्य विभागले जनाएको छ । थप १ सय ६१ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । यससँगै सङ्क्रमित हुनेको संख्या ७ सय ६३ पुगेको विभागले जानकारी दिएको छ ।

कोरियाको सियोलस्थित नेपाली दूतावासले समेत कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि कोरियामा रहेका नेपालीलाई सचेत हुन र यस रोगबाट बच्नका लागि आइतबार सूचना जारी गरिसकेको छ ।

कोरियामा धेरै नेपाली कार्यरत रहेको सबैभन्दा ठूलो औद्योगिक शहर थेगुमा सङ्क्रमण तीव्र गतिमा फैलिन सुरु गरेपछि दूतावासले लक्षण देखिए परीक्षण गराउनसमेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !