२४ बैशाख २०८१, सोमबार

साताको पहिलो दिन ४०० सस्तियो सुन

प्रकाशित मिति :  19 December, 2021 11:29 am


काठमाडौं । नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार सुनको मूल्य सस्तिएको छ । शुक्रबार १ हजार ले बढेर ९४ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य साताको पहिलो दिन ४००ले घटेर ९३ हजार ६००मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार १ सय रहेको छ ।

आज चाँदीको मूल्य पनि सस्तिएको छ । चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १२४५मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !