१७ बैशाख २०८१, सोमबार

ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा कम खतरनाक रहेको मेक्सिकोका स्वास्थ्य अधिकारीको दाबी

प्रकाशित मिति :  12 January, 2022 12:48 pm


काठमाडौं । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले त्यहाँ ओमीक्रोन भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् ।

उनीहरुले गरेको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीब्र गतिमा फैलिएको छ ।



प्रतिक्रिया दिनुहोस !