९ जेष्ठ २०७९, सोमबार

कोरोना संक्रमणबाट थाइल्याण्डमा एक जनाको मुत्यु

प्रकाशित मिति :  1 March, 2020 5:30 pm


काठमाण्डौ, १८ फागुन । 

कोरोना भाइरसको संक्रमणबाट थाइल्याण्डमा एक जनाको मूत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ३५ वर्षका एक व्यक्तिको ज्यान गएको अल जजीराले जनाएको छ ।

यस्तै, कोरोना भाइरसको संक्रमणका कारण अमेरिका र अस्ट्रेलियामा पनि एक-एक जनाको ज्यान गएको छ । वाशिङ्टनमा कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।

यसअघि चीन र ईरानको यात्रामा कडाइ गरेको अमेरिकाले ईटली र दक्षिण कोरियाको यात्रामा पनि कडा गरेको छ । चीनबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ८६ हजार नाघेको छ । यस्तै कोरोनाबाट संक्रमित ४२ हजार जनाभन्दा धेरै उपचार पछि घर फर्किएका छन्।



प्रतिक्रिया दिनुहोस !