२३ बैशाख २०८१, आइतबार

काेराेना प्रभावः शिक्षा मन्त्रालयले भन्याे, ‘कक्षा ९ सम्मकाे वार्षिक परिक्षा चैत्र ५ सम्म सक्नु’

प्रकाशित मिति :  3 March, 2020 10:33 pm


 

काठमाडाैं, २० फागुन । 

काेराेना (काेभिड-१९) बाट सुरक्षित रहन सरकारले कक्षा एकदेखि नाैसम्मकाे वार्षिक परिक्षा अागामी चैत्र ५ गतेभित्र गरिसक्न देशभरीका विद्यालयका लागि सूचना जारी गरेकाे छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेकाे सूचनामा अावश्यक सतर्कता स्वरूप याे व्यवस्था सुझाएकाे हाे ।

मन्त्रालयले भाइरसकाे सन्त्रासबाट बच्ने उपाय स्वरूप जारी गरेकाे सूचनामा विद्यालयमा सभा सम्मेलन, वार्षिक उत्सव, भेला लगाएत अायाेजना नगर्न पनि अाव्हान गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !