१६ बैशाख २०८१, आइतबार

सुनको मूल्य ८० हजार ५ सय पुग्यो

प्रकाशित मिति :  4 March, 2020 12:31 pm


काठमाडौ, २१ फागुन । 

नेपाली बजारमा सुनको मूल्य एकै दिनमा २२ सयले बढेर  बुधबार  छापावाला सुनको मूल्य प्रतितोला ८० हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंङ्घले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८० हजार ३०० रुपैयाँ तोकिएको छ। यस्तै गरी चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ३०० रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ तोकिएको थियो। चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !