२६ बैशाख २०८१, बुधबार

रियलमी ९ आई नेपाली बजारमा सार्वजनिक हुँदै

प्रकाशित मिति :  15 February, 2022 12:40 pm


काठमाडौं । चीनीया स्मार्टफोन कम्पनी रियलमीले स्न्यापड्रायन ६८० ६एनएम चिप रहेको रियलमी ९ आई नेपालमा छिट्टै सार्वजनिक गर्ने भएको छ । यो फोन रियलमी ९ सिरिजको २०२२ मा सार्वजनिक हुने पहिलो हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्नयापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया अपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोरटेक्स ए ७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोरटेक्स ए ५३, एड्रेनो ६१० जिपीयु सहितको ओक्टाकोर सिपियु अपनाएको उल्लेख गरेको छ ।

स्न्यापड्रागन ६८० ले प्रोसेसरमा शक्तिशाली जिपीयु एड्रिनो ६१० जिपीयु आउँछ र ९० हर्ज उच्च रिफ्रेस रेट स्कृन प्रविधिलाई पनि समर्थन गर्दछ । कम्पनीका अनुसार ३५ वार्टको डार्ट चार्जिङ सहित फोनलाई ७० मिनेटमा १००% चार्ज गर्न सकिन्छ । यस फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री रहेको छ ।

रियलमी ९ आईमा ६ जीबी र्याममा ५ जीबी र्याम थपेर ११ जीबीको मज्जा लिन सकिने जनाएको छ । यस स्मार्टफोन १२८ जीबी स्टोरेज रहेको छ भने १ टिबी एक्स्टर्नल मेमोरी समर्थन गर्दछ ।

 



प्रतिक्रिया दिनुहोस !