१७ बैशाख २०८१, सोमबार

स्याङ्जामा काँग्रेसको पालिका स्तरीय घुम्ति बैठक सम्पन्न

प्रकाशित मिति :  4 March, 2022 2:50 pm


स्याङ्जा । स्याङ्जामा काँग्रेस पालिकास्तरीय घुम्ति बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसले यस अघि नै विभिन्न स्याङजाका चार वटा स्थानिय तहमा घुम्ति बैठक सम्पन्न गरीसकेको र यो अन्तिम घुम्ति बैठक वालिङमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य सरस्वति अर्यालले अब हुने स्थानियय तहको निर्वाचनमा पहिला भएका एक आपसी मनमुटावलाई भुलेर फेरि नयाँ बाटो सिर्जना गरि स्याङ्जाको सबै स्थानिय तहमा नेपाली काँग्रेसलाई विजय गर्ने कुरालाई जोड दिइन् । उनले जनताको दुखमा मलम लगाउने पार्टी नेपाली काँग्रेस भएकाले सबैले अगामी निर्वाचनमा भोट हालेर स्याङ्जाका सबै तहमा नेपाली काँग्रेसले बिजय हुने विश्वास व्यक्त गरिन ।

त्यसैगरि कार्यक्रममा जिल्ला उपसभापति केदार काफ्लले अब नयाँ चुनावी एजेन्डा ,नयाँ चुनवा नेतृत्व साथै फरक क्षमता भएका व्यक्तिलाई अगामी चुनावमा निर्वचित भएमा वालिङ नयाँ दिशा तर्फ मोडिने कुरा व्यक्त गरे ।

साथै कार्यक्रममा नेपाली काग्रेंसका १४ वटै वडाका सभापति, नेपाली काँग्रेस क्षेत्रिय सभापति दिलिप प्रताप खाण, प्रदेश २ क्षेत्र नं क को सभापति अर्जुन खनाल लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको केदार काफ्रलेले बताए ।



प्रतिक्रिया दिनुहोस !