४ जेष्ठ २०८१, शुक्रबार

‘सभापति हटाउने निर्णय विधानविपरीत’

प्रकाशित मिति :  12 March, 2020 10:12 am


काठमाडौं, २९ फागुन ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का कार्यवाहक सभापति अर्जुन पोखरेललाई हटाउने निर्णय विधानविपरीत भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको संस्थापनइतर पक्षको बैठकले निर्णय सच्याउन महामन्त्री शशांक कोइरालामार्फत आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले सभापतिको निर्णयलाई महाधिवेशन प्रभावित पार्ने योजनाका रूपमा व्याख्या गरेको छ । केन्द्रदेखि तल्ला तहका अधिवेशनको मिति तोकिइसकेको अवस्थामा कार्यवाहक सभापति हटाउने निर्णय विधानविपरीत रहेको बैठकको ठहर छ ।

देउवाले फागुन २२ मा पोखरेललाई हटाएर विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिका रूपमा मनोनयन गरेका थिए । पोखरेललाई हटाएर नयाँ सभापति तोक्दा देउवाले विधानको दफा १२ को उपदफा ५ को (क) र दफा २७ को उपदफा ५ मा टेकेका छन् ।
त्यसमा पार्टी सभापति बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था र पार्टीसम्बन्धी कार्यमा सभापतिको निर्देशनअनुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउन सक्ने व्यवस्था छ । संस्थापनइतर पक्षीय केन्द्रीय सदस्य गुरु घिमिरेले पोखरेललाई यतिबेला हटाउन विधानको कुनै पनि प्रावधानले नमिल्ने बताएको कान्तिपुर दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !