गण्डकी प्रदेशसभाको बैठक कांग्रेसद्वारा अवरोध
प्रकाशित मिति : 12 March, 2020 3:42 pm

कास्की, २९ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगित भएको हो ।
प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।
प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने माग गरे । अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने छ ।