१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री ११ दिनपछि डिस्चार्ज

प्रकाशित मिति :  13 March, 2020 6:43 pm


काठमाडाैं, ३० फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएकाे छ । मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरेको ११ औँ दिनमा प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ६:३० बजे डिस्चार्ज हुनु भएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उहाँको पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !