१७ बैशाख २०८१, सोमबार

नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

प्रकाशित मिति :  3 April, 2022 4:38 pm


काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) पनि सेयर बजारको ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४४ अंकले घटेर ४६९.०३ अंकमा झरेको छ ।

नेप्सेकाअनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड समूहबोहक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा सर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन युनाइटेड इदी मर्दीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.०२ प्रतिशतले घटेर एक हजार ७६ रूपैयाँ १० पैसामा झरेको छ ।

कूल २२५ वटा कम्पनीको ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !