१७ बैशाख २०८१, सोमबार

स्याङ्जामा ९७ वडाध्यक्ष पदका लागि ३५० जनाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  27 April, 2022 5:25 pm


स्याङ्जा । स्थानिय तहको निर्वाचनको लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको लागि समयतालिका तोकेको थियो । स्याङ्जा जिल्लामा ९७ वडा अध्यक्ष पदका लागि ३५० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाका ११ वटा पालिकामा ९७ वडा अध्यक्षका लागि विभिन्र पार्टीको प्रतिनिधित्व गर्दै ३५० जनाले उम्मेदवारी दिएका हुन् ।

चापाकोट नगरपालिकामा १० वडा अध्यक्षका लागि ४६ जना, सदस्यका लागि ७२, महिलातर्फ ३६, दलित महिलातर्फ २७ जनाले उम्मेदवारी दिएका छन् । वालिङ नगरपालिकामा १४ वडा अध्यक्षका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै यहाँबाट ९१ जनाले खुल्ला वडा सदस्यमा ४५ जनाले महिला सदस्यमा र ४३ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएका हुन् ।

गल्याङ नगरपालिकामा १० वडा अध्यक्षका लागि ३८ जना, सदस्यका लागि ५९, महिलातर्फ २५ र दलित महिलातर्फ २५ जनाको उम्मेदवारी परेको छ ।

भीरकोट नगरपालिकामा ९ वडा अध्यक्षका लागि ४० जनाले उम्मेदवारी दिएका छन् भने वडा सदस्यका लागि खुल्लातर्फ ५३, महिला तर्फ २४ र दलित महिलातर्फ १९ जनाको उम्मेदवारी परेको छ ।

पुतलीबजार नगरपालिकामा १४ वडाको लागि ६० जना, सदस्यका लागि १०३ जना, महिलातर्फ ४५ र दलित महिला तर्फ ३६ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, ६ गाउँपालिका मध्ये अर्जुनचौपारी गाउँपालिकाबाट ५ अध्यक्षको लागि १६ जना, वडा सदस्यका लागि ३१ जना, महिलातर्फ १३ र दलितर्फ १४ जनाको उम्मेदवारी परेको छ । आँधीखोला गाउँपालिकामा ६ वडा अध्यक्षको लागि १८ जना, सदस्यमा ३९ जना, महिलातर्फ १५, दलितर्फ १२ जनाको उम्मेदवारी परेको छ ।

फेदीखोला गाउँपालिकामा वडा अध्यक्षका लागि १७, सदस्यका लागि २६, महिलातर्फ ११ र दतिलतर्फ ११ जनाले उम्मेदवारी दिएका छन भने विरुवा गाउँपालिकामा वडा अध्यक्षका लागि २६, सदस्यका लागि ४५, महिला तर्फ २१ र दलितर्फ १९ जनाले उम्मेदवारी दिएका छन् ।

हरिनास गाउँपालिकामा १६ जनाले वडा अध्यक्षका लागि, ३२ जनाले सदस्यका लागि, महिलातर्फ १५ जना र दलिततर्फ ४ जनाले उम्मेदवारी दिएका छन् त्यस्तै कालीगण्डकी गाउँपालिकामा १५ जनाले वडा अध्यक्षका लागि २९ जना वडा सदस्यका लागि १४ जना महिलातर्फ र १३ जना दलिततर्फबाट उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !