२३ बैशाख २०८१, आइतबार

जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको बन्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

प्रकाशित मिति :  13 May, 2022 3:52 pm


दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तह निर्वाचनअन्तर्गत आज मतदान गरेका छन् । उनले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन् ।

मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले स्थानीय सरकारका प्रतिनिधि जनताको सेवक बन्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि प्रशासक नभइ जनताको सेवकको रुपमा रहनुपर्ने उनको भनाइ थियो ।

सबैभन्दा तल्लो तहको सरकार भएकाले सिहंदरबार गाउँ–गाउँमा भन्ने नारालाई यथार्थमा उर्तानका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठले बताए। विगत पाँच वर्षको स्थानीय तहको कार्यकाल केही कमजोरीबाहेक सुखद रहेको उनले उल्लेख गरे । रासस



प्रतिक्रिया दिनुहोस !