२३ बैशाख २०८१, आइतबार

कोरोना संक्रमणबाट न्युयोर्कमा १ नेपालीको मूत्यु

प्रकाशित मिति :  24 March, 2020 11:10 pm


काठमाडौं, ११ चैत्र । 

कोरोना  संक्रमणको कारण अमेरिकाको न्यूयोर्क शहरमा बसोबास गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।

मंगलबार ५० बर्षिय अनिल सुब्बाको  निधन भएको गैर आवासीय नेपाली संघ अमेरिका अन्तर्गत क्यालिफोर्निया महिला संयोजक दिक्षा बस्नेतले जनाएकी छिन्।

पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट न्युयोर्कमा  मर्नेको संख्या १५८ पुगेको छ भने वाशिंगटनमा १११ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियामा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यसै गरि न्युजर्सीमा २७,फ्लोरिडामा १८,लुजियानामा३६, इलिनोइ मा १२,कोलोराडोमा ७,टेक्ससमा ९,विस्कनसिनमा ५,डिसीमा २,जर्जियामा २६,ओहायोमा ६ ,मिसिगनमा १५ ,इन्डीयानामा ७ ,एरिजोनामा २,पेनसेलभेनियामा ७ ,कनेक्टिकटमा १०,मेरिल्याण्डमा ३,भर्जिनियामा ७ ,ओरेगनमा ५ ,साउथ क्यारोलाइनामा ५ ,नेभादामा ४ ,ओक्लाहोमा २ ,इन्डियानामा ७,केन्टकीमा ६ ,भर्मन्टमा ५ ,क्यान्ससमा २,मिसौरीमा ७,साउथ डकोटामा १ लगाएत गरि कुल ५९३जनाको मृत्यु भै सकेको छ ।



प्रतिक्रिया दिनुहोस !