१४ बैशाख २०८१, शुक्रबार

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर-४ द्धारा १ हजार मास्क वितरण

प्रकाशित मिति :  27 March, 2020 3:04 pm


रोल्पा, १४ चैत । सुनिल स्मृति गाउँपालिका वडा नम्बर-४ ले १ हजार भन्दा बढी मास्क निशुल्क वितरण गरेको छ ।

स्वास्थ्यकर्मी,गाँउपालिका कार्यालय, सुरक्षाकर्मी, प्राथमिक स्वास्थ्य केन्द्र मार्फत ४ नम्बर वडाका नागरिक लगायतलाई १ हजारभन्दा बढी निशुल्क मास्क वितरण गरिएको वडाअध्यक्ष गञ्जबहादुर क्षेत्रीले जानकारी दिए ।


गाउँपालिकाका सबै वडामा सन्चालित स्वास्थ्य संस्थाहरुमा ५०/५० पिस मास्क र १/१ ओटा स्यानिटाइजर निशुल्क प्रदान गरिएको छ । वडाअध्यक्ष क्षेत्रीले भनेका छन्,‘अहिले स्वस्थ्यकर्मीहरुका लागि सुरक्षित सामाग्रीको अभाव भैरहेकाबेला हाम्रो वडा कार्यालयको सानो सहयोगले कोरोना भाइरस बाट बचाउन सहयोग पुग्ने छ ।



प्रतिक्रिया दिनुहोस !