१८ बैशाख २०८१, मंगलबार

देउवा सरकारले वितरण गर्याे २ लाख १८ हजार मेटन मल, कृषि मन्त्रालयकाे वित्तीय प्रगति ७६ प्रतिशत

प्रकाशित मिति :  18 July, 2022 12:59 pm


काठमाडौं । किसानले रासायनिक मल बिना रोपाँइ गरिराखेको गुनासाे बढिरहँदा सरकारले २ लाख १८ हजार मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको तथ्यांक सार्वजनिक गरेकाे छ। धानबाली राेपिसक्ने समय हुँदा पनि किसानले मल नपाएकाे गुनासाे अझै गरिरहेका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष देउवा सरकारकाे एक वर्षमा सम्पादन भएका मुख्य मुख्य कार्यहरु सार्वनजनिक गरेकाे छ । प्रतिवेदनमा किसानलाई रासायनिक मल अनुदानमा बिक्री वितरण लगायतका विषय लगायतका विषयमा हासिल गरेकाे उपलब्धि उल्लेख गरिएकाे छ । गत वर्ष मन्त्रालयकाे वित्तीय प्रगति ७६ प्रतिशत रहेकाे जनाइएकाे छ ।

शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकारले २ लाख ६४ हजार मेट्रिक टन मल आयातको सम्झौता गरेको थियो जसमध्ये १ लाख ९१ हजार ५ सय मेट्रिक टन रासायनिक मल आपुर्ति गरिएको र गत वर्षको मौज्दात गरेर २ लाख १८ हजार मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको उल्लेख गरेको छ ।

सरकारले २०७८ फागुनमा एमओयुमा हस्ताक्षर गरि सरकारदेखि सरकारसम्म (जिटुजी) विधिबाट भारत सरकारसँग आगामी ५ वर्षका लागि वार्षिक १ लाख ५० हजार मेट्रिक टनदेखि २ लाख १० हजार मेट्रिक टनसम्म मल आपुर्तिको लागि खरिद प्रक्रियामा रहेको उल्लेख गरेको छ । अन्य मुलुकहरुसँग पनि मल खरिदको लागि छलफल भइराखेको सरकारले जनाएको छ ।

नेपालमा नै रासायनिक मल उत्पादन कारखाना स्थापनाका विकल्प बारे उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग सहित सम्वन्धित सरोकारवालाहरुसंग छलफल गरि लगानी वोर्डसंग समन्वय गरेको जनाएको छ । यसले रासायनिक मलको समस्याको दीगो समाधानको अपेक्षा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !