१९ बैशाख २०८१, बुधबार

शतप्रतिशत भन्दा बढी म्याद थप्दा पनि २२ वटा ठेक्काको प्रगति शून्य

प्रकाशित मिति :  18 July, 2022 2:51 pm


काठमाडौं । शतप्रतिशत म्याद थप्दा समेत निमार्ण कार्य सुरु नगरेका निर्माण व्यवसायीहरुलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाएको छ ।

सडक विभागले सम्झौता गरी शतप्रशितभन्दा बढी म्याद थपेका २२ वटा ठेक्काको प्रगति शून्य बनेपछि महालेखाले कारवाही गर्न आग्रह गरेको हो ।
महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार विभागले केही आयोजनाहरुको शतप्रतिशत म्याद थप गर्दा समेत रु ४९ करोड ४३ लाख ५० हजारमा सम्झौता भएका २२ वटा ठेक्काको प्रगति शून्य रहेको जनाएको छ ।

त्यस्तै प्रतिवेदनमा विभिन्न ३३ ठेक्कामा रु १ अर्ब ४० करोड ८१ लाख ३८ हजारमा सम्झौता भएकोमा प्रगति २५ प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ । रु ९ अर्ब ५ करोड ४५ लाख ३६ हजारमा सझौता भएका १०७ ठेक्काको प्रगति ५० प्रतिशतसम्म मात्र रहेको छ ।
यसरी शतप्रतिशत म्याद थप गर्दा समेत निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई खरिद सम्झौता शर्त तथा सार्वजनिक ऐन र नियमावली बमोजिम कारवाही गर्नुपर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !