८ बैशाख २०८१, शनिबार

कोरोना नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्न प्रदेश-५ सरकारको आग्रह

प्रकाशित मिति :  28 March, 2020 1:41 pm


रुपन्देही, १५ चैत ।

प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि सहयोग गर्न आग्रह गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि कोष स्थापना गरेको प्रदेश सरकारले सहयोगका लागि सार्वजनिक आव्हान गरेको हो ।

प्रदेश ५ सरकारले भनेको छ,‘विश्वव्यापी महामारीको रुपमा फैंलिएको कोरोना भाइरस संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखाको खामामा रकम जम्मा गरि सहयोगका लागि अनुरोध गर्दछौं ।’

खातामा विद्युतीय माध्यामबाट पनि रकम जम्मा गर्न सकिने प्रदेश सरकारले जनाएको छ । आवश्यक परे बैंकको नजिकको शाखा कार्यालय र बैंको प्रादेशिक प्रवन्धकलाई सिधै सम्पर्क गर्न सकिने छ । प्रदेश ५ सरकारले कोरोना भाइरसविरुद्ध लड्न १० करोड रुपैयाँको कोष स्थापना गरेको छ ।

र,यो पनी……



प्रतिक्रिया दिनुहोस !