१६ चैत्र २०८०, शुक्रबार

खाद्यका लागि कृषि अभियान संस्थाले बुझायो कृषि मन्त्रीलाई ध्यानाकर्षण पत्र

प्रकाशित मिति :  12 August, 2022 1:30 pm


काठमाडौं । नेपालको संबिधान बमोजिम खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने कृषि मन्त्री मृगेन्द्रकुमार सिहं यादवलाई खाद्यका लागि कृषि अभियानले ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा खाद्य तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ आएको ४ वर्ष बितिसक्दा पनि नियमावली नआएको भन्दै तत्काल नियमावली ल्याउन माग गरिएको छ भने प्राङगारिक कार्यदलले बुझाएको प्रतिवेदनको कार्यान्वयन गर्न तथा राष्ट्रिय कृषि नीति तत्काल बनाउन पनि भनिएको छ ।

रासयनिक मल र विषादीले मानवीय स्वास्थ्य तथा पर्यावरणमा प्रभाव परेकाले खेतीपाती गर्न प्राङगारिक् मल प्रयोग गर्ने निति ल्याउन खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि मन्त्री यादवलाई ज्ञापनपत्र हस्तारण गरेका थिए ।

अधिकारीका अनुसार राष्ट्रिय कृषि नीति, २०६१ मा कृषिका तजुमा भएका र नयाँ बन्ने वस्तुगत र विषयगत नीतिहरु यसै नीतिबाट निर्देशित हुनु पर्छ । संघीय तहको सरकारले कृषि नीति नबनाएसम्म प्रदेश र स्थानीय सरकारहरु अलमलमा परेको र स्थानीय तहमा बनेका नीतिहरु दिगो हिसाबले नबनाएको अधिकारीको भनाइ छ ।

ध्यानाकर्षण पत्र बुझ्दै कृषि मन्त्री यादवले किसानहरुलाई रासायनीक मलमा भन्दा प्राङगारिक् मलको प्रयोग गर्न अनुरोध गरेका थिए । उनले भने, “किसानका उक्त विषयहरूमा मन्त्रालयले तत्काल छलफल गरेर कार्यान्वयन गर्ने छ ।’’



प्रतिक्रिया दिनुहोस !