७ बैशाख २०८१, शुक्रबार

गत आर्थिक वर्षमा २ लाख १८ हजार मेट्रिक टन मल अनुदानमा बिक्री,चालू आर्थिक वर्ष कति मल भित्रीएला?

प्रकाशित मिति :  12 August, 2022 2:49 pm


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक एवं वार्षिक अवधिको प्रगति समीक्षा गरेको छ । यस अवधिमा २ लाख ६४ हजार मेट्रिक टन रासायनिक मल आयातको सम्झौता भएपनि १ लाख ९१ हजार ५ सय मेट्रिक टन मल आपूर्ति भएकाे मन्त्रालयका प्रवक्ता डा. प्रकाशकुमार सन्जेलले जानकारी दिएका छन् ।

गत वर्षको मौज्दात समेत गरी २ लाख १८ हजार मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको उनले बताए।

सन्जेलका अनुसार भारतबाट जीटुजी सम्झौतामार्फत मल खरिद गर्ने प्रक्रियामा रहेको छ । जीटुजी विधिबाट भारत सरकारसँग आगामी ५ वर्षका लागि करिब एक लाख ५० हजार मेट्रिक टन देखि २ लाख १० हजार मेट्रिक टन सम्म मल आपूर्तिका लागि सम्झौता भएको छ ।

मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनअनुसार ८०.५२ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

नेपालमा एक वर्षमा रासायनिक मलकाे आवश्यकता पुरा गर्न ५ लाख मेट्रिक टन भन्दा बढी चाहिने अनुमान छ । हरेक वर्ष समस्याकाे रूपमा देखा पर्ने मल अभाव टार्नका लागि चालू आर्थिक वर्षमा कति भित्राउने विषयमा मन्त्रालय स्पष्ट छैन् ।



प्रतिक्रिया दिनुहोस !