७ जेष्ठ २०८१, सोमबार

भोलि राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

प्रकाशित मिति :  16 September, 2022 4:18 pm


फाइल फोटो

काठमाडौं । सरकारले भोलि राती १२ बजेदेखि संघीय संसद अधिवेशनको अन्त्य गर्ने भएको छ । शुक्रबार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

अर्को निर्वाचनबाट निर्वाचित भएर सांसद आएका सांसदको पहिलो बैठक नबस्दा सम्म यही संसद रहने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद हुँदै आएको थियो । यसैबीच संसदको कार्यकार लम्व्याउने विषयमा चौतर्फी आलोचना भएपछि असोज १ गतेसम्मको मिति तोकिएको थियो ।

सत्तापक्षले अर्को निर्वाचन भएर निर्वाचित संसदको पहिलो बैठक नबस्दा सम्म यही संसदको कार्यकाल रहने पक्षमा वकालत गर्दै आएको थियो भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा अघिल्लो दिन नै कार्यकाल सकिनुपर्ने बताउदै आएको थियो ।

यसैबीच प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ । शनिबार अन्तिम बैठक बसेर सांसदहरुलाई भोजसहित विदाई गर्ने संसद सचिवालयको संसद सचिवालय स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !