१५ बैशाख २०८१, शनिबार

नेकपाकाे उपभाेक्ता विभागकाे सुझाव; वडा बडामा सहुलियत पसल चलाउ

प्रकाशित मिति :  30 March, 2020 8:18 pm


काठमाडाैं, १७ चैत । 

नेपाल कम्युनिष्ट पार्टीकाे उपभोक्ता हित संरक्षण तथा आपुर्ति विभागले स्थानीय तहलाइ परिचालन गरि वडा वडामा सहुलियत पसल संचालन गर्न सरकारलाइ सुझाव दिएकाे छ । साेमबार विज्ञप्ति जारी गर्दै विभागले नोवेल कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न स्थानीय तहहरुलाई आवश्यक पर्ने श्रोत साधन, वस्तु वा सेवाको आपुर्ति, सुरक्षा र समन्वय नेपाल सरकार र हरेक प्रदेश सरकारले प्रदान गर्नुपर्ने बताएकाे छ ।

लकडाउनको अवधिमा सरकारले अत्यावश्यक वस्तु वा सेवा वन्द नगर्न र घरघरमा पुर्याउन आदेश गर्नु उपभोक्ताको पक्षमा खुशीको कुरा भएकाले जनताले अनुभुत गर्ने गरि आदेशकाे पालना हुनु पर्नेतर्फ विभागले  ध्यानाकर्षण गराएकाे हाे ।  ”स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकोले स्थानीय तहका जनप्रतिनिधीहरु क्रियाशिलता देखाई बजार व्यवस्थापनका सरोकारवालाहरुसंगको प्रभावकारी समन्वयबाट हरेक वडा तहमा आवश्यक संख्यामा संक्रमणमुक्त पसलहरु तथा घुम्ती पसलहरुको सञ्चालन गर्ने कार्यभार पुरा गरि उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्नु पर्दछ,”  विभागका उपप्रमुख बलराम बास्काेटालद्वारा प्रेषित विज्ञप्तिमा भनिएकाे  छ ।

अत्यावश्यक वस्तु र सेवाको बजार तथा आपुर्ति व्यवस्थापन गर्दा कोरोनाको संक्रमण फैलन सक्ने तथ्य प्रति समेत गंभिर हुनुपर्ने, मूल्य र गुणस्तर र उपभोक्ताको समान र सहज पहुँचको लागी गर्नु पर्ने व्यवस्थापकिय चुनौतिलाई पनि त्यत्तिकै महत्वका साथ ध्यान दिन विभागले अनुराेध गरेकाे छ । दैनिक ज्याल मजदुरी गर्न मजदुर र उपभाेक्ताकाे अधिकारकाे रक्षा गर्दै कालाे बजारी गर्नेलाइ कारवाहीतर्फ विभागले ध्यानाकृष्ट गरेकाे छ ।

 

प्रेस विज्ञप्ति (जस्ताकाे तस्तै)

नेपाल कम्युनिष्ट पार्टी

उपभोक्ता हित संरक्षण तथा आपुर्ति विभागबाट जारी

प्रेस विज्ञप्तीं

मिति २०७६।१२।१७

नोवेल कोरोना भाइरस (कोभिड १९) विश्वभर माहामारीको रुपमा फैलिइरहेकोछ ।  विश्वका  शक्ति सम्पन्न र विकसित मुलुकहरुले पनि यसलाई सामना गर्न नसकिरहेको अवस्थामा यो रोग सिंगो मानव जातिको लागि अभूतपूर्व चुनौती बनेर उभिएको छ ।

महामारीको संक्रमणबाट जनताको जीवन सुरक्षाको लागि नेपाल सरकाले चालेका कदमहरु बाट नेपाल सरकार निकै सचेत भएको देखिएको छ । सम्पूर्ण नाका वन्द गरि अत्यावश्यक काम वाहेकमा आवत जावतमा रोक लगाउदै लकडाउनको घोषणा गरि आम नागरिकलाई घरमै वस्न गर्दै आएको आव्हान तथा सरकारबाट जनताको सुरक्षाका लागि चालिएका कदमहरु सकारात्मक र स्वागतयोग्य छन् । संकटको यस घडीमा सरकारले गरेको अनुरोध हामी सबैको हित र जीवनरक्षाको लागि हो भनि बुझरे त्यसको पूर्ण पालना गरि आउनु भएकोमा आम उपभोक्ताहरु प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु ।

अव सरकारको मुख्य काम भनेको भारत तथा विभिन्न देशबाट नेपाल प्रवेश गरेकाहरुको पहिचान गर्ने, तिनलाई सेल्फ क्वारेन्टाइन तथा क्यारेन्टाइनमा राख्ने, उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने र भाइरस चेक गर्ने, पुन चेक गर्ने, पुन चेक गर्ने, संक्रमितहरुलाई आइसोलेसनमा राखि उपचार गर्ने नै हो । माहामारीको यस परिस्थितिमा संक्रमण निर्मुल भएको सुनिश्चित नभए सम्म लकडाउनलाई यसको उदेश्य वमोजिम प्रभावकारी रुपमा पालना गराउनु र क्रमश खुकुलो वनाउदै जानुपर्छ । संक्रमणबाट वच्न अवलम्वन गर्नुपर्ने सरकारबाट जारी स्वास्थ्य सुरक्षाको पूर्व सावधानीहरुलाई पालन गर्न पर्याप्त सचेतना प्रदान गर्नपर्ने , प्रदेश तथा स्थानीय स्तरमा  संक्रमणको जाँच परिक्षण गर्न ल्याव, किट, पिपिई तथा प्राविधिक जनशक्ति,सहित आवश्यक स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको तत्काल व्यवस्थापन गर्न र तिनको सुरक्षा र प्रोत्साहित गर्न अत्यावश्यक रहेको विभागको ठहर रहेको छ ।

महामारीबाट निम्ताएको यस विपद्पूर्ण अवस्थामा नेपाल सरकार, प्रदेश सरकार स्थानीय  तहले आपसी सह अस्तित्व,समन्वय, सहकार्यका माध्यमबाट प्रभावकारी रुपमा जिम्मेवारी वोधका साथ सवै प्रकारका उपायहरु अवलम्वन र तिनै तहका सरकारका कामकारवाहीलाई नेकपाको सम्पूर्ण पार्टी कार्यकर्ता पंत्तिबाट रचनात्मक सहयोग गर्न विभाग हार्दिक अनुरोध गर्दछ । 

लकडाउनको यस अवस्थामा दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरिवहरु तथा सरकारलाई विश्वास गरि पर्याप्त भण्डारको जोहो नगर्ने असल उपभोक्ताहरुको चुलोमा दैनिक उपभोग्य वस्तुको अभाव खड्की सकेको छ । तरकारि लागायतका लामो समय  भण्डारण गर्र्न नसकिने कृषि उपजहरुको बजार व्यवस्थापन हुन नसकि रहेकोले यसबाट मरकामा परेका गरिव साना किसानको समस्याको तत्काल उचित व्यवस्थापन तथा प्रभावित किसानहरुलाई राहत प्रदान गर्न आवश्यक छ । यस अवस्थामा अत्यावश्यक वस्तुहरुमा समेत कृतिम अभाव, कृतिम मूल्य बृद्धि र कालोबजारी समेत शुरु भइसकेको छ । हाल ग्याँसमा देखिएको अभावको कारण आयल निगमको व्यवस्थापकीय कमजोरी र व्यवसायीको इमान्दारीतामा पर्याप्त शंका रहेकोले त्यसको निवारण गर्न,  अभाव श्रृजना नगर्न र आधा सिलिण्डर ग्याँस विक्रि गर्ने भनि गरिएको पछिल्लो निर्णयबाट उपभोक्ता माथि तौलमा ठगिन सक्ने भएकाले यस तर्फ जिम्मेवार वन्न सम्वद्ध पक्षसंग विभाग अनुरोध गर्दछ ।

लकडाउनको यस विशेष परिस्थितिमा सरकारले अत्यावश्यक वस्तु वा सेवा वन्द नगर्न र घरघरमा पु¥याउन आदेश गर्नु आम उपभोक्ताको पक्षमा खुशीको कुरा भएको छ । तथापी अत्यावश्यक वस्तु र सेवाको बजार तथा आपुर्ति व्यवस्थापन गर्दा कोरोनाको संक्रमण फैलन सक्ने तथ्य प्रति समेत गंभिर हुनुपर्ने, मूल्य र गुणस्तर र उपभोक्ताको समान र सहज पहुँचको लागी गर्नु पर्ने व्यवस्थापकिय चुनौतिलाई पनि त्यत्तिकै महत्वका साथ ध्यान दिन समेत विभाग सम्वद्ध पक्षसंग हार्दिक अनुरोध गर्दछ ।

यस विषम परिस्थितिमा स्थानीय बजार व्यवस्थापन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय तहमा रहेकोले स्थानीय तहका जनप्रतिनिधीहरु क्रियाशिलता देखाई बजार व्यवस्थापनका सरोकारवालाहरुसंगको प्रभावकारी समन्वयबाट हरेक वडा तहमा आवश्यक संख्यामा संक्रमणमुक्त पसलहरु तथा घुम्ती पसलहरुको सञ्चालन गर्ने कार्यभार पुरा गरि उपभोक्तालाई दैनिक अत्यावश्यक वस्तु र सेवाको सुनिश्चितता गर्नु पर्दछ । त्यसका लागि स्थानीय तहहरुलाई आवश्यक पर्ने श्रोत साधन, वस्तु वा सेवाको आपुर्ति, सुरक्षा र समन्वय नेपाल सरकार र हरेक प्रदेश सरकारले प्रदान गर्नुपर्ने तर्फ जिम्मेवार वन्न विभाग आग्रह गर्दछ ।

 

बलराम वास्कोटा

    उप ‐प्रमुख



प्रतिक्रिया दिनुहोस !