सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 22 September, 2022 11:43 am
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको विवरण अनुसार चाँदी प्रतितोला १५ रुपैयाँ बढेर तोलाको ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।








