७ बैशाख २०८१, शुक्रबार

डेरी एसोसिएसनद्वारा ‘स्कुल दूध दिवस’ सञ्चालन

प्रकाशित मिति :  25 September, 2022 11:53 am



काठमाडौं । नेपाल डेरी एसोसिएसनले ७ औं ‘विश्व स्कुल दुध दिवस’ मनाउन शुरु सुरु गरेको छ ।

असोज ७ गते औपचारिक उद्घाटन गरेर एसोसिएसनले देश व्यापी ५ दिनसम्म दिवस मनाइरहेको छ । ५ दिनसम्म मनानाईने ७ औं स्कुल दूध दिवसको बालबालिकालाई दुध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उद्घाटन गरेका छन् । विश्व स्कुल दूध दिवस सन् २००० मा विश्व खाद्य संगठनले औपचारिक रुपमा सुरु गरेको हो ।

यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर एकै दिन मनाइन्छ । विश्वका ३० वटा देशले एकै दिन कार्यक्रम गरि सुरु भएको यो कार्यक्रम यस वर्ष विश्वमा २२औं र नेपालमा सातौं विश्व दिवसको रुपमा भव्यताका साथ मनाउन लागिएको हो । यो दिन संसारभर कतै पनि बिदा पर्दैन र सबै ठाउँमा स्कुल सञ्चालनमा रहेको हुन्छ ।

दूधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्व पाइने भएकोले बालबालिकालाई अनिवार्य सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि स्कुल दुध दिवस मनाउन थालिएको अध्यक्ष दाहालले जानकारी दिए ।

विद्यालयमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको जानकारी गराउँदा बालबालिकालाई फाइदा हुने अध्यक्ष दाहालले बताए ।



प्रतिक्रिया दिनुहोस !