७ बैशाख २०८१, शुक्रबार

नेपाल डेरी एसोसिएसनको सिन्धुली समिति गठन

प्रकाशित मिति :  25 September, 2022 5:47 pm



सिन्धुली । सिन्धुलीमा दुग्ध उद्योगमा क्रियाशील डेरी उद्यमीहरूको भेलाले आज ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको अध्यक्षमा बलराम अधिकारी चयन भएका छन् भने उपाध्यक्ष लिला बहादुर मगर, सचीव देव कुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल र सदस्यहरूमा गणेश बहादुर थापा, प्रयागराज खतिवडा, मान बहादुर खत्री, कृष्णजी बि.क र दलुराम गौतम चयन भएका छन् ।

नयाँ चयन भएका पदाधिकारी एवं सदस्यले नेपाल डेरी एसोसिएसनको निर्देशनमा दुग्ध क्षेत्र विकासमा टेवा पुग्ने काम गर्ने र सिन्धुली जिल्ला एक नमुना जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन् ।

नयाँ चयन सम्पूर्ण कार्य समितको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले केन्द्रले पूर्ण रुपमा सहयोग गर्ने बताए । अध्यक्ष दाहालले नव निर्वाचित समितिलाई प्रमाणपत्र बितरण गर्दै जिम्मेवार भएर काम गर्न आग्रह गर्दै सपथ ग्रहण समेत गराएका छन् ।

नवनिर्वाचित अध्यक्ष बलराम अधिकारीले आफू केन्द्रसँग सधैं जिम्मेवार रहने र सिन्धुली जिल्ल्लाको दुग्ध पेशाको हक हितमा सदा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !